सुन्तला : सुत्नुअघि सुन्तला ताछेर दाँतमा रगड्नुहोस् । यसमा हुने भिटामिन सी र क्याल्सियम रातभर किटाणुसँग लड्छ । केही हप्ता यो प्रक्रिया दोहोर्‍याउने हो भने तपाईंको दाँतमा भएको फिकापन हट्छ ।

Advertisement

स्ट्रबेरी : स्ट्रबेरीमा भिटामिन सी हुन्छ, जसले दाँतलाई सेतो बनाउन मद्दत गर्छ । केही स्ट्रबेरीलाई काटेर टुक्रा बनाई त्यसलाई दाँतमा दल्ने । दैनिक दुईपटक यसो गर्दा दाँतमा भएको पहेँलोपन हट्छ । अर्को तरिकामा स्ट्रबरीलाई आधा चम्चा बेकिङ सोडामा मिलाएर दाँतमा लगाउने र केही मिनेटसम्म त्यहीँ राख्ने र त्यसलाई पखाल्ने । त्यसपछि टुथपेस्टले सफा गर्ने

कागती–नुन : कागतीमा केही नुन मिलाउने र त्यसलाई दाँतमा रगड्ने । केही समय त्यसै छाडिदिने र पानीले धुने । केही हप्तासम्म दिनको दुईपटक यसो गर्ने ।

तुलसीको पात : तुलसीको पातलाई घाममा सुकाउने । जब यो सुक्खा हुन्छ, त्यसलाई पिसेर पाउडर बनाउने । यस पाउडरलाई टुथपेस्टमा मिलाएर ब्रस गर्ने । अर्को तरिका यसको पत्तालाई सस्र्युंको तेलमा मिलाएर दाँत सफा गर्ने ।

स्याउ : दैनिक एउटा ताजा स्याउ खानाले दाँतका लागि फाइदा हुन्छ । यसलाई राम्ररी चपाएर खाने । यसमा एसिड र फाइबर हुने हुँदा दाँतलाई दह्रो बनाउँछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!