एजेन्सी । भारतको राजस्थानमा एउटा यस्तै निकै अनौठो परम्परा रहेको छ । राजस्थानको एउटा समुदायमा यस्तो परम्परा छ, जहाँ बिहे नहुने पुरुषमाथि जोडतोडसँग कुटपिट गरिन्छ ।
राजस्थानको जोधपुर सहरमा उक्त परम्परा वर्षौंदेखि चलिरहेको छ । जसअनुसार जब कुनै युवकको बिहेमा कुनै प्रकारको बाधा उत्पन्न हुन्छ वा बिहे हुन सक्दैन, तब त्यस्तो युवकलाई उसका घर परिवारले रामधुलाई गर्दछन् ।
आफ्नो बिहे नभएर चिन्तामा परेको युवकमाथि आफ्नै घर परिवारले आखिर किन राम धुलाई गर्दा हुन् ? यसको कारण निकै रोचक छ ।
अझ रोचक त के भने अविवाहित युवकलाई कुटपिट गर्नेचाहिँ घरका विवाहित महिलाहरु नै हुन्छन् ।
यसरी घरका भाउजू, आमा तथा अन्य विवाहित महिलाहरुले कुटपिट गर्नाले त्यो अविवाहित युवकको अर्को साल बिहे हुन्छ भन्ने मान्यता छ ।