हङकङ, १३ फागुन । संसारमा कमै बालबालिका हुन्छन् जसले रमाइलो मान्दै गृहकार्य गर्छन् । चीनमा एक बालिकाले गृहकार्य गर्ने नयाँ तरिका अपनाएकी छिन् । उनले एक रोबोटलाई आफ्नो होमवर्क गराउन थालेकी हुन् ।

Advertisement

चिनका सामाजिक सञ्जालहरुमा ती किशोरीको खुलेर प्रशंसा भइरहेको छ । साथै, उनको जस्तै होमवर्क गर्ने रोबोटको माग ह्वात्तै बढेको छ ।

कियानजियांग ईवनिंग न्यूजका अनुसार ती किशोरीलाई गृहकार्य गर्न मुस्किल भइरहेको थियो । उनले १२० अमेरिकी डलरमा एक रोबोट किनिन् । उनलाई उक्त रकम नयाँ वर्षको उपहारस्वरुप मिलेको थियो । उक्त रोबोटले कसैको पनि हस्तलेखक नक्कल गर्न सक्थ्यो । किशोरीले आफैं गृहकार्य गर्नुको सट‌्टा उक्त रोबोटलाई काम गराउन थालिन् ।

चिनियाँ सामाजिक सञ्जालहरुमा उक्त रोबोटको माग बढिरहेको छ । उक्त रोबोटको गृहकार्य गर्न सक्ने क्षमताबाट प्रयोगकर्ताहरु प्रभावित छन् । एक प्रयोगकर्ता लेख्छन्, ‘मानिस र अरु जनावरमा यही फरक छ । मानिसलाई थाहा छ कि विभिन्न यन्त्र उपकरणबाट पनि काम पूरा गर्न सकिन्छ । यी युवतीलाई काम कसरी गराउनुपर्छ भन्ने राम्ररी थाहा छ ।’

चिनियाँ भाषामा एउटा चित्रात्मक लिपी छ । त्यसमा करिब ८०० शब्द छन् । यति धेरै शब्द सम्झनु सजिलो छैन । दोस्रो चरणमा यसलाई कसरी लेखिन्छ भनेर पनि सम्झनुपर्छ । चिनियाँ विद्यार्थी यही समस्याबाट ग्रसित छन् । शिक्षकले हरेक पाठ कापीमा लेखेर ल्याउने गृहकार्य दिएपछि उनीहरुको तनाव चुलिन्छ ।

रोबोटको सहायतामा ती विद्यार्थीले कयौं पाठक केवल दुई दिनमै कपी गर्न सकिन् । उनको आमालाई पनि छोरीले यति छिटो होमवर्क गर्लिन् भनेर विश्वास थिएन । पछि आमाले छोरीको कोठा सफा गर्दा रोबोट देखिन् । तब मात्र उनलाई सबै कुरा थाहा भयो । त्यसपछि उनले छोरीलाई गाली गर्दै कुटपिट समेत गरिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!