काठमाडौँ, २२ माघ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा विराटनगर किंग्सलाई श्री एयरलायन्सले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ ।

Advertisement

आज यहाँ आयोजित कार्यक्रममा विराटनगर र श्री एयरलायन्सबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । श्री एयरलायन्सका प्रतिनिधि अनिल मानन्धर र विराटनगर किङ्ग्सका मालिक प्रफुल्ल वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताको रकम भने खुलाइएको छैन् । सम्झौतासँगै विराटनगरले श्री एयरलायन्स विराटनगरको नामबाट डिपीएल खेल्नेछ । यस्तै विराटनगरले विदेशी खेलाडीका रुपमा भारतका प्रथम श्रेणीका क्रिकेटर अभिनास यादव र शिवकान्त शुक्लालाई अनुबन्ध गरेको जनाएको छ । यादव देब्रेहाते स्पिनर र शुक्ला देब्रेहाते ब्याट्सम्यान हुन् ।

विराटनगरमा रणनीतिक खेलाडी करण केसी रहेका छन् । उक्त संस्करणको डीपिएल यही माघ २६ देखि आगामी फागनु ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुँदैछ । देशकै सर्वाधिक पुरस्कार राशीको डिपिएलमा विराटनगरसहित धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेनले प्रतिस्पर्धा गर्ने छन् ।

विराटनगरमा कुशल भुर्तेल, अर्जुन अधिकारी, किशोर महतो, आसिफ शेख, राजेश पुलामी मगर, महोमद संसद शेख, पृथु बास्कोटा, हरिशङ्कर साह, सुशन भारी श्रेष्ठ, अमृत गुरुङ, तृतराज दास, शिवकान्त शुक्लालगायत खेलाडी रहेका छन् । यसअघि राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगरमा पारसले यस वर्षको डिपिएल नखेल्ने जनाएपछि करणले कप्तानी गर्न लागेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!