भद्रपुर, ८ माघ ।  झापाको अर्जुनधारा नगरपालिका–३ बस्ने ३७ वर्षीय कमल ढुङ्गेलले आफ्नो अटो रिक्सामा सवार एक यात्रुले छाडेको रु पाँच लाख नगद प्रहरीमार्फत फिर्ता गरेर इमान्दार नागरिकको उदाहरण बन्नुभएको छ ।

Advertisement

इलामको रोङ गाउँपालिका–२ घर भएका खसी व्यापारी ४२ वर्षीय प्रदीप सुन्दासले अर्जुनधाराबाट बिर्तामोड जाँदै गर्दा आज सो नगद भएको झोला ढुङ्गेलकै अटो रिक्सामै छाडेर हिँड्नु भएको थियो ।

ढुङ्गेलले इलाका प्रहरी कार्यालय अनारमनीमार्फत सो नगद सुन्दासलाई आज फिर्ता दिनुभएको झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!