संगालोखबर संवाददाता

खोटाङ । खोटाङको लिच्किराम्चे–८ की १७ वर्षीया रीता तामाङ शंकास्पद अवस्थामा मृत फेला परेकी छन । सिम्पानी–७ स्थित जङ्गलमा उनको शव फेला परेको हो ।

Advertisement

मङ्गलबार रातिदेखि हराएकी रीताको खोजी गर्ने क्रममा जङ्गलमा शव भेटिएको प्रहरीले जनाएको छ । सिम्पानी बजारको खड्का होटलमा काम गर्दै आएकी रीता बेलुकी आफ्नो घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन् ।

सिम्पानीस्थित शिव खड्काको होटलमा काम गर्दै आएकी रीता बिहान काम गर्न होटल जाने र बेलुकी आफ्नो घर फर्कने गर्थिन । युवतीको शंकास्पद अवस्थामा शव भेटिएको बताउँदै खोटाङका प्रहरी नायव उपरीक्षक नवीन प्रधानले संगालोखबरसँग भने ‘शवको प्रकृति हेर्दा बलात्कार पछि हत्या भएको हुनसक्छ ।’

मृत अवस्थामा भेटिएकी युवतीको शरिरका बिभिन्न स्थानमा चोट भेटिएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक प्रधानले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!