संगालोखबर सम्वाददाता

धनकुटा, १३ भदौ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २५ जना घाईते भएका छन् ।

Advertisement

सुनसरीको ईनरुवाबाट धनकुटाको नमस्ते झरना आउँदै गरेको को.१ ख ३५८३ नम्बरको बस बिहान करिव ११ बजे ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर पल्टिएको हो ।

दुर्घटनामा परी सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ४८ बर्षीय राजेन्द्र चन्द्रबंसीको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए । गम्भीर घाईते भएर उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएका चन्द्रबंसीको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाईते भएका १७ जनाको वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । प्रतिष्ठानमा उपचाररत सुनसरीको ईनरुवा नगरपालिका–४ का ६५ बर्षीय खड्गबहादुर नेपाली, सुनसरीको झोक्राहानरसिंह गाउँपालिका–१ का २८ बर्षीय श्रवण मेहता र सोहि स्थानका ३० बर्षीय रामकुमार मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

वाँकी घाईतेको भेडेटार स्थित स्वास्थ्य सस्थामा उपचार भईरहेको छ । ओरालो सडकमा अचानक ब्रेक फेल भई बस सडकको भित्तामा ठोक्किएर सडकमा पल्टिएको भेडेटारका ट्राफिक प्रहरी सूर्य शिवाकोटीले बताए ।

दुर्घटना पश्चात बस चालक सुनसरीको प्रकाशपुर बराह नगरपालिका–१० का भीमसेन कबिरथ फरार रहेकाले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका थप तस्वीरहरु…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!