काठमाडौ, २ भदौ । चर्काे ब्याज असुल्ने साहु-महाजनलार्इ नयाँ मुलुकी संहिताले अंकुश लगाइदिएकाे छ । शुक्रबारदेखि लागू भएकाे नया संहिताअनुसार अब साहुले ऋणीसँग बढीमा वार्षिक १० प्रतिशत मात्रै ब्याज लिन पाउने भएका छन् ।

भदाै १ बाट लागू भएकाे मुलुकी देवानी संहिताकाे परिच्छेद १५ को लेनदेन व्यवहारसम्बन्धी व्यवस्थाको दफा ४७८ मा साहुले लिन पाउने ब्याज सम्बन्धी व्यवस्था छ ।

साे दफामा ‘लेनदेनसम्बन्धी लिखत हुँदा साहूले ऋणीबाट लिखतमा लेखिए बमोजिमको ब्याज लिन पाउने’ उल्लेख छ ।  तर यसरी ‘साहूले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक १० प्रतिशतभन्दा बढी हुन नहुने’ व्यवस्था गरिएकाे छ।

लिखतमा ब्याजको दर नतोकी ब्याज लिनेदिने मात्र उल्लेख भएमा पनि साहुले ऋणीबाट वार्षिक १० प्रतिशतका दरले मात्र ऋण लिन पाउने संहितामा उल्लेख छ।

यस व्यवस्थाले अब बैंकिङ काराेबारभन्दा बाहिर हुने अनौपचारिक लेनदेनमा यसले चर्काे ब्याज असुल्ने र मिटर ब्याजकाे धन्दा चलाउनेलार्इ निरूत्साहन गर्नेछ ।

तर यदि अार्थिक लेनदेन हुँदा लिखतमा ब्याज लिने-दिने कुरा उल्लेख नभएमा भने साहूले ऋणीबाट कुनै पनि ब्याज असुल्न नपाउने व्यवस्था साेही परिच्छेदकाे दफा नं ४७९ मा उल्लेख छ ।

त्यस्तै, साहूले ऋणीबाट चक्रीय ब्याज (ब्याजको पनि ब्याज) लिन नपाउने व्यवस्था समेत गरेकाे छ । यदि कानुन विपरीत कुनै साहूले ऋणीबाट ब्याजको ब्याज लिएमा साे रकम साँवामा कट्टी हुने संहितामा उल्लेख छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!