संगालोखबर सम्वाददाता

धनकुटा, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आईतवार धनकुटामा प्रभातफेरी गरिएको छ । जिल्ला युवा समितिको नेतृत्वमा धनकुटा बजारमा प्रभातफेरी निकालिएको हो ।

Advertisement

भीमनारायण चोकबाट सुरु भएको प्रभातफेरी भीमसेनथान, परिचय मोड, हुलाकटोल हुँदै मदनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभालाई प्रदेशसभा सदस्य निरन राई र इन्द्रमणि पराजुली, पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङ, धनकुटा बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख किरण घिमिरे लगायतले संबोधन गर्दै मुलुकको विकासका लागि युवाहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!