मदर टेरेसा

Advertisement

१. यो जीवनअरूका लागि होइनभने यो जीवन नै होइन ।
२. शान्ति मुस्कानबाट सुरूवात हुन्छ ।
३. हिजो गइसक्यो, भोलिआएकै छैन, हामीसँगआज छ । आऊ यसैलाई मनाऔं ।
४. यदि तिमीले सयजनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाऊ ।
५. सबैभन्दा ठूलो रोग कसैकालागि केहीबन्ननसक्नु हो ।
६. विश्वशान्तिका लागि तिमीले के गर्न सक्छौ ? घर गएर आफ्नो परिवारलाई माया गर ।
७. हामीसँग शान्ति छैन किनभने हामीले यो बिर्सियौं किहामी एक अर्काका लागि हौं ।
८. रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।
९. यदि तिमीले व्यक्तिलाई मूल्यांकन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न बिर्सन्छौ ।
१०. प्रेम सबैले टिप्नसक्ने सदावहार फलहो ।

विन्सटन चर्चिल

१. निराशावादी हरेक अवसरमा समस्या देख्छ भने आशावादी हरेक समस्यामा अवसर देख्छ ।
२. सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाऊ, दुई, कहिल्यै हरेस नखाऊ र तीन कहिल्यै हरेस नखाऊ ।
३. यदि हामीले विगत र वर्तमानबिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।
४. हावाको चापजति बढी हुन्छ, उति नै चंगामाथिउड्न सक्छ ।
५. हामी अव्यक्त शब्दका मालिक हौं तर ती शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
६. राजनीति कुनै खेल होइन, यो त कमाइहुने व्यापार हो ।
७. इतिहास सधैं विजेताहरूबाट लेखिएको हुन्छ ।
८. एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
९, युद्वमा तिमी एकपटक मात्रमर्न सक्छौ तर राजनीतिमा, पटकौंपटक ।
१०. छोटा शब्दहरू राम्रा हुन्छन् र पुराना शब्दहरू सबैभन्दा राम्रा ।

अब्राहमलिंकन

१. प्रजातन्त्र भनेको जनताको, जनताको लागि, जनताद्वारा गरिने शासन पद्दति हो ।
२. मलाई रूख ढाल्न ६ घण्टा देऊ र म पहिलो चार घण्टा बन्चरो उदाउन लगाउनेछु ।
३. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रु हुन्छ ।
४. भविष्यको बारे एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउँदछ ।
५. मेरो चिन्ता तिमी असफल भएकाप्रति होइनकि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरता प्रति छ ।
६. अन्त्यमा यो गनिदैन कि जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।
७. आफैमा विभाजित गृह कहिल्यै पनिमाथि उठ्न सक्दैन ।
८. तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैंभरी मूर्ख बनाउन सक्छौ, तर सबैलाई सधैंमूर्ख बनाउन सक्दैनौं ।
९. म अहिले जहाँ छु र जे बन्ने बन्ने आशामा छु, यसका लागि म मेरी आमाप्रति रिणी छु ।
१०. म मेरी आमाका प्रार्थनाहरू अझै सम्झन्छु,जसले मलाई पच्छ्याइरहन्छन् । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!