काठमाडौँ, १० साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ ।

कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो ।

नयाँ बन्ने मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई फुलमन्त्री बनाएर ल्याउन लागिएको छ ।

‘पहिला राज्यमन्त्री अर्याललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फुलमन्त्री बनाउने योजना थियो,’ नेकपाका एक नेताले भने, ‘संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेपछि अर्याललाई नयाँ मन्त्रालयमा फुलमन्त्री बनाउने तयारी भएको हो ।’ आजको नयाँ पत्रिकामा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!