चितवन, ७ साउन । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ ।

Advertisement

कार्यालयले आव २०७३/७४ मा भन्दा रु चार अर्ब ९२ करोड २५ लाख ५४ हजार बढी राजश्व संकलन गरेको कार्यालयका सूचना अधिकारी डिल्लीराम पौडेलले जानकारी दिनुभयो । अघिल्लो आवको तुलनामा १२८.१५ प्रतिशत प्रगति भएको छ । आव २०७४/७५ मा रु १९ अर्ब ६९ करोड ४९ लाख ८१ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकामा रु दुई अर्ब १० करोड ९५ लाख ८४ हजार राजश्व संकलन भएको थियो ।

कार्यालयले अन्तःशुल्कतर्फ रु १८ अर्ब ८० करोड ७८ लाख ३९ हजार राजश्व संकलन गरेको छ । यो लक्ष्यभन्दा ११३.५५ प्रतिशत बढी हो । स्वास्थ्य सेवा शुल्कमा रु छ करोड २९ लाख १० हजार राजश्व संकलन गरी लक्ष्यको १२९.१८ प्रतिशत प्रगति भएको छ ।

आय करतर्फ रु एक अर्ब ५६ करोड ५८ लाख नौ हजार, घरबहाल करतर्फ रु ११ करोड २४ लाख ८९ हजार, ब्याज करतर्फ रु आठ करोड ९२ लाख ९१ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब १४ करोड एक लाख ६२ हजार र शिक्षा सेवा करतर्फ रु दुई करोड ६० लाख ६२ हजार संकलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख थानप्रसाद पङ्गेनीले निरन्तर अनुगमन, प्रयास र विभागीय नीति निर्देशनको पालना गरेका कारण गत आव र अघिल्लो आवमा लक्ष्यभन्दा बढी राजश्व संकलन गरिएको बताउनुभयो । कार्यालयले चितवन र दाउन्ने पूर्वको नवलपरासी क्षेत्र हेर्दै आएको छ ।

पन्ध्र परिवारलाई पाडी वितरण

भरतपुर महानगरपालिका–१६ मा सेतीदेवी सामुदायिक वनले गरीब र विपन्न उपभोक्तालाई आज यहाँ भैँसीको पाडी वितरण गरेको छ । वनले १५ परिवारलाई रु १५ हजारबराबरको भैँसीका पाडी वितरण गरेको हो ।

सो अवसरमा जिल्ला वन अधिकृत केदार पौडेलले आयआर्जन बढाउन सुझाव दिँदै संरक्षणमा जुट्न आग्रह गर्नुभयो । समितिका अध्यक्ष नन्दप्रसाद भट्ट र वडा नं १६ का वडाध्यक्ष चतुर्मान गुरुङले विपन्न उपभोक्तालाई आत्मनिर्भर बनाउन सहयोग पुगोस् भन्नका लागि पाडी वितरण गरिएको बताउनुभयो । सामुदायिक वनले आम्दानीको ३५ प्रतिशत रकम गरिबी निवारणका लागि खर्च गर्दैआएको छ । सो वन दुर्लभ वन्यजन्तु गैँडा, बाघलगायतको वासस्थान मानिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!