बनेपा, ११ असार । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित ओपीमा आज बिहान मिनीट्रक पल्टिँदा एकजनाको मुत्यु भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मेहन्द्रप्रसाद मरासिनीका अनुसार रविओपीको छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा २ ख ३४१२ नंको निशास मिनीट्रक पल्टिँदा मण्डनदेउपुर नगरपालिका–४ की ४० वर्षीया ललीमाया तामाङ सख्त घाइते भएपछि धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार गराउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा गाडी चालकसहित छ जना घाइते भएकामा सबैको उक्तअस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाडी अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खोल्सामा खस्दा विस्फोट भई आगलागी भएको थियो । आगो निभाउन बनेपा नगरपालिकाको दमकल बोलाउँदा पनि उक्त स्थानबाट करीब ६/७ मिनेटको दूरीमा रहेको घटनास्थल एक घण्टापछि मात्रै पुगेको भन्दै स्थानीय बासिन्दा आक्रोशीत भएकमा थिए ।

दमकल समयमा नपुगेपछि प्रहरी र स्थानीय बासिन्दाले गाडीमा लागेको आगो नियन्त्रणमा लिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!