
जनकपुरधाम, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट गरेका छन् ।
आफ्नो सम्बोधनका क्रममा पटक पटक मोदीले ओलीलाई कोली भन्दै सम्बोधन गरेका थिए । जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेपछि मोदीले जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए ।
लगतै सम्बोधन गर्ने क्रममा उनले नेपाली समकक्षी ओलीलाई ‘मेरे भाइसाब’ कोली भन्दै पटक पटक सम्बोधन गर्दा छेऊमै उभिएका ओली मुसुक्क मुसुक्क मुस्कुराउदैं थिए ।


















