काठमाण्डौं १३ बैशाख । गुणस्तरीय र स्वस्थबर्धक पेय पदार्थ उत्पादनमा विश्वमै प्रख्यात मानिने प्रान कम्पनीको प्रान लिच्ची जुस नेपालमा लोकप्रिय बन्दै गएको छ । पूर्णतयाः प्राकृतिक रुपमा तयार पारिएको प्रान लिच्ची युवा तथा बालबालिकाको रोजाईमा पर्ने क्रम बढ्दै गएको पाईएको हो ।

Advertisement

प्रान लिच्ची जुसमा प्राकृतिक पोषणलाई सुरक्षित गरिएकाले सबै उमेर समुहले सेवन गर्न उपयुक्त रहेको कम्पनीले जनाएको छ । नेपाल भित्रिएको छोटो समयमै प्रान लिच्ची जुस सेवन गर्ने उपभोक्ताहरुको पहिलो रोजाईमा परेको हो । सर्वसुलभ मुल्यमा बजारमा सजिलै उपलब्ध हुने प्रान लिच्ची जुसले उपभोक्तालाई बास्तबिक लिच्चीको स्वाद दिने गरेको उपभोक्ताहरुको भनाई छ ।

गर्मी याम बढेसँगै जुस सेवन गर्ने नेपालीहरुले प्रान लिच्ची जुस अत्याधिक रुपमा रुचाएका छन् । ग्राहकमा प्रान लिच्ची प्रति यतिधेरै रुचि बढेको छ की, जुस भनेकै प्रान लिच्ची हो भन्ने जस्तै भएको उपभोक्तहरु बताउँछन् । नेपाली बजारमा प्रान लिच्ची १७०, २५०, ५०० र १००० एमएल साईजमा उपलब्ध छ । प्रानको लिच्ची जुस Juice & Drinks क्याटोगोरीमा उत्पादन गरिएको हो । नेपालमा प्रान लिच्ची HDPE bottle & PET bottle मा उपलब्ध छ ।

प्रानले आफ्ना उत्पादन अन्तराष्ट्रिय स्ट्याण्डर्डबाट उत्पादन, प्रसोधन र प्याकेजिङ गर्ने गरेकोले सुरक्षित, स्वस्थवर्धक र सबै उमेर समुहले खान योग्य रहेको छ । यी उत्पादनहरुमा कुनै पनि प्रकारको अखाद्य वस्तुहरुको मिसावट गरिएको छैन । यी वस्तुहरु बजारमा आउनुपूर्व नै अन्तराष्ट्रिय स्तरबाटै क्वालिटी चेक पास गरी पठाईएको हुन्छ ।

प्रानको लिच्ची जुसलाई एडवर्ड फूड रिसर्च एन्ड एन्जिसेज सेन्टर लिमिटेड (एएफसी) ले समेत प्रमाणित गरेकोले यो सबै उमेर समूहको लागि धेरै सुरक्षित र स्वस्थकर रहेको कम्पनीका माकेटिङ मेनेजर शशिम लामाले बताएका छन् । ‘प्रानका कुनैपनि उत्पादनमा फर्मालिन प्रयोग गरिएको हुँदैन, लिच्ची जुसमा १० प्रतिशत पल्प (लिच्ची भित्रको सेतो भाग) को प्रयोग गरिएकोले प्राकृतिक लिच्चीको स्वाद पाईन्छ ।’ माकेटिङ मेनेजर लामाले भने । प्रान लिच्ची विश्वका १०० भन्दा बढि देशहरुमा उपलब्ध छ ।

अन्तर्राष्ट्रिय आईएसओ २००१ मान्यता प्राप्त प्रानका उत्पादनले नेपाल सरकारको खाद्य तथा गुणनियन्त्रण विभागबाट समेत मापदण्ड पुरा गरेका छन । प्रानका उत्पादनहरु Hazard Analysis Critical Control Point (HACCP), HALAL, को निर्देशिका अनुसार उत्पादन गरिएको छ । जसन उत्पादनलाई द्यक्त्क्ष् समेत प्रमाणित गरिएको छ ।

प्रानले १० प्रकारका सूचि अन्र्तगत ४ सय भन्दा बढी खाद्य उत्पादनहरू उत्पादन गर्दै आइरहेको छ । प्रानका उत्पादनहरु विश्वका १३४ देशहरुमा उपलब्ध छन् । प्रानले बंगलादेशमा सन् १९८१ बाट जुस उत्पादन थालेको थियो । २००८ बाट नेपालमा प्रानले खाद्यवस्तुदेखि पेय पदार्थ विस्कुट, कन्फेक्सनरी, बेकरी, स्नाक्स भित्राएको छ ।

प्रानका उत्पादनहरुले बंगलादेशको खाद्य वस्तु निर्यातमा ८० प्रतिशत हिस्सा ओगटेको छ । दक्षिणपूर्वि एशिया, गल्फ राष्ट्र मलेसिया, अमेरिका, अष्ट्रेलिया, अफ्रिकन राष्ट्रहरु तथा युरोपियन देशहरुमा अत्यन्त लोकप्रिय रहेको प्रान नेपाली बजारमा पनि लोकप्रिय हुँदै गईरहेको हो ।

प्रान कम्पनीले आफ्ना कुनैपनि उत्पादनको गुणस्तरीयतामा सम्झौता नगरेको र हरेक उत्पादनहरु शतप्रतिशत सुरक्षित र स्वस्थकर रहेका दावी गरेको छ । गुणस्तरीय उत्पादन सर्वसुलभ मुल्यमा नेपालमै पाउन थालेपछि प्रानका उत्पादनहरुले छोटो समयमै नेपाली बजारमा राम्रो स्थान बनाउन सफल भएको कम्पनीका मार्केटिङ मेनेजर लामाले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!