काठमाडौं, २९ चैत । प्रहरीले अवैध भारु नोट बोकेका दुई जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले काठमाडौंको लाजिम्पाटबाट उनीहरुलाई अबैध भारु नोट सहित पक्राउ गरेको थियो । विहिबार विहान पक्राउ परेका उनीहरूलाई प्रहरीले दिउँसो सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका वडा नम्बर ३ का ५३ वर्षीय सुनिलदेव वैश्य र नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय चेतबहादुर नेपाली रहेका छन् ।
उनीहरुलाई महानगरीय प्रहरी परिसले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । उनीहरुले भारतमा प्रतिबन्धित एक हजार र पाँच सय दरका पूराना नोट बोकेका थिए । एक हजारका २२ सय पाँच वटा पाँच सय दरका ५४ सय ५१ वटा नोट प्रहरीले बरामद गरेको हो ।