संगालोखबर सम्वाददाता


धनकुटा सदरमुकाममा शनिवार बिहान केही समय घाम लागेपनि त्यसपछि आकास धुम्मियो । बिहान करिव ११ बजेबाट फाटफुट बर्षा सुरु भयो । बर्षासँगै मेघ गर्जिरहेको थियो । त्यत्तीकैमा बजार नजिकै चट्याङ्ग बज्रियो । ‘आकास गड्याङ्गगुडुङ्ग गरेर पानी पर्न थाल्दै थियो ।’ स्थानीय निजामति आवासीय बिद्यालयका प्रधानाध्यापक सुरेश काफ्लेले भने ‘त्यत्तीकैमा एक्कासी आकासबाट आगोको मुस्लो जस्तो आएर स्कुल छेउको सल्लाको रुखमा खस्यो अनि रुखको फेदमा आगो दन्कियो ।’ चुलिबन स्थित निजामति बिद्यालय निजिक रुखमा चट्याङ परेको हो ।

चट्याङले सल्लाको रुखको बोक्रा ताछिएको छ । रुखको फेद नजिकै चट्याङका कारण आगो बलेको हो । आसपास क्षेत्रका तारहरु पनि जलेर भुईमा खसेका छन । चट्याङका कारण चुलिबन स्थित मगरटोलका अधिकांस घरका बिधुतीय सामाग्री जलेको स्थानीय रबिन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार अधिकांस घरमा टेलिभिजन, बत्ति, चार्जर, नेटको राउटर लगायत जलेका छन । निजामति स्कुल बिदा भएकाले बिद्यार्थीहरु भने चट्याङबाट जोगिएका छन ।

चट्याङका कारण धनकुटामा दिनभर बिधुत अवरुद्ध भयो । बिभिन्न स्थानमा बिग्रिएको बिधुतलाईन मर्मत गरी साँझबाट सुचारु गरिएको बिधुत प्राधिकरण धनकुटा शाखाले जनाएको छ । चट्याङका कारण टेलिफोन लाईनमा पनि समस्या देखिएको छ ।

तस्वीरहरु: रबिन कटेल/संगालोखबर

सम्बन्धित यो समाचार पनि हेर्नुहोस्…

धनकुटामा चट्याङ लागेर दुई जनाको मृत्यु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!