एजेन्सी

कुखुरा पहिले कि अण्डा भन्ने प्रश्नको उत्तर अहिले पनि रहस्यमै छ । तर यो अण्डाको विषयमा फेरि अर्को रहर थपिएको छ । यो पटक कुखुराको यस्तो अण्डा भेटिएको छ जसभित्र अर्को अण्डा फेला परेको छ ।

अष्ट्रेलियाको स्टागमेन्स एग्स फार्ममा एउटा यस्तो अनौठो अण्डा पार्यो त्यहाँको कुखुराले । त्यो अण्डा अरु सामान्य अण्डाभन्दा तिनगुणा ठूलो थियो । जब त्यो अण्डालाई फुटाइयो त्यसभित्र त अर्को सामान्य आकारको अण्डा पो फेला पर्यो ।

Advertisement

भित्र अर्को अण्डा रहेको ठूलो अण्डाको तौल १७६ ग्राम थियो । जबकी सामान्य अण्डाको तौल औषतमा ५८ ग्राम हुन्छ ।

स्मरण रहोस् यो कुखुरा फार्म १९२३ देखि सञ्चालन छ र यस्तो आश्चर्यजनक अण्डा आफुले पहिलोपटक देखेको अण्डा फार्मका कर्मचारीहरुको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!