काठमाडौं, २० फागुन। मानिसले हेलिकप्टर उडाएको कुरा त कुनै समाचारको विषय बन्ने चिज भएन । तर जब मानिसले हेलिकप्टरलाई काँधमा बोकिदिन्छ, तब त्यो घटना मूख्य समाचार नै बन्दो रहेछ ।

काँधमै हेलिकप्टर बोक्न सक्ने व्यक्ति फ्रान्ज मुलेनर विश्वका सबैभन्दा बलवान मानिस हुन् । अष्ट्रियाका नागरिक फ्रान्जले आफ्नो काँधले हेलिकप्टर बोकेर गिनिज बुकमा नाम लेखाइसकेका छन् ।

Advertisement

उनको यो कीर्तिमानलाई चुनौती दिने हिम्मत अहिलेसम्म कसैले पनि गर्न सकेको छैन ।

समाचार अनुसार फ्रान्जले आफ्नो जिउको वजन भन्दा डेढ गुणा धेरै भार आफ्नो काँधले उठाइदिन सक्दछन् । उनले ६ सय ५० किलो तौल काँधले उठाएर विश्व कीर्तिमान कायम गरेका थिए । उनले ३० सेकेण्डसम्म आफ्नो काँधले हेलिकप्टर उठाएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!