संगालोखबर सम्वाददाता

धनकुटा । मदन भण्डारी फाउण्डेसन जिल्ला कार्य समिति धनकुटाको अध्यक्षमा निरेन तामाङ चयन भएका छन । फाउण्डेसनको दोस्रो जिल्ला भेलाले तामाङको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्य समिति र दिपक बुढाथोकीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति चयन गरेको हो ।

नव गठित समितिको उपाध्यक्षमा मुकुन्द भण्डारी, सचिवमा होमबहादुर बस्नेत, सह–सचिवमा राज कुमार तेयुङ र कोषाध्यक्षमा मञ्जु अधिकारी चयन भएका छन ।

Advertisement
धनकुटामा आयोजित कार्यक्रम । तस्वीर-संगालोखबर

त्यस्तैगरी सदस्यहरुमा डिल्लीश्वर दर्नाल, रुद्रप्रसाद पोखेल, वालचन्द्र कटेल, यज्ञप्रसाद गुरागाई, हिमा बस्नेत, खेम घिमिरे, पर्सुराम नेपाल, भेषराज कटेल, उमेश घिमिरे, सिमा राई, भरतमोहन अधिकारी, केशर लिम्बु, लालचन्द्र गोङ्वा लगायत चयन भएका छन ।

यता फाउण्डेसनको सल्लाहकार समिति सदस्यमा शकुन्तला बस्नेत र इन्द्रमणी पराजुली चयन भएको मदन भण्डारी फाउण्डेशनका सचिव होमबहादुर बस्नेतले जानकारी दिए । धनकुटामा २०६८ सालमा मदन भण्डारी फाउण्डेसन गठन भई क्रियासिल रहेको छ ।

सम्बन्धित यो समाचार पनि हेर्नुहोस..

‘सरकार आफै निर्वाचन आचारसंहिता उल्लंघन गर्दैछ’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!