- संगालोखबर सम्वाददाता

धनकुटा । नेकपा एमालेका नेता छविलाल बिश्वकर्माले सरकारले नै निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाएका छन । प्रेस चौतारीले शुक्रवार धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बिश्वकर्माले यस्तो बताएका हुन ।

निर्वाचन आचारसंहिता लागु भईसक्दा पनि सरकारले बिभिन्न शिर्षकमा गाउँ–गाउँमा बजेट पठाएर निर्वाचनलाई प्रभावित गर्न खोजेको उनको भनाई छ ।

Advertisement
पत्रकार सम्मेलनमा बोल्दै नेता बिश्वकर्मा । तस्वीर-संगालोखबर

सरकारले आचारसंहिता विपरीत कर्मचारी सरुवा–बढुवा गरिरहेको भन्दै उनले सरकारले नै आचारसंहिता उल्लंघन गरेर गैरजिम्मेवारी भूमिका प्रस्तुत गरेको बताए । ‘आचारसंहिता लागु भएपछि त्यसलाई पालना गर्ने प्रमुख जिम्मेवार सरकार हो ।’ उनले भने ‘अव सरकारले नै निर्वाचन आचारसंहिता उल्लंघन गर्छ भने अरुसँग आचारसंहिता पालनाको के अपेक्षा गर्नु ?’ आचारसंहिता पूर्ण रुपमा कार्यान्वयनका लागि नेता बिश्वकर्माले खवरदारीसमेत गरे ।

यता मदन भण्डारी फाउण्डेशनले धनकुटामा आयोजना गरेको ‘आजको आवश्यकता, संविधान कार्यान्वयनको लागि निर्वाचनको अपरिहार्यता’ बिषयक अन्र्तक्रिया कार्यक्रममा एमाले स्थायी कमिटि सदस्यसमेत रहेका बिश्वकर्माले मधेशी दलले चुनावको बिरोध गर्नुको तुक नरहेको जिकिर गरे ।

मदनभण्डारी फाउण्डेशनको कार्यक्रममा बोल्दै नेता बिश्वकर्मा । तस्वीर-संगालोखबर

मधेशी दलहरुले मधेसी जनताको नाम बेचेर जनताकै भावना विपरित स्थानीय निर्वाचनको बिरोध गर्नुको अर्थ नरहेको उनले बताए । देखावटी रुपमा संबिधान संशोधनको कुरा उठाएर निर्वाचनको बिरोध गरेतापनि मधेसी दलहरु पनि भित्रि रुपमा चुनावी तयारीमा लागेको उनले बताए ।

धनकुटामा आयोजित कार्यक्रम । तस्वीर-संगालोखबर

जनताले निर्वाचन चाहेकाले कुनै पनि हालतमा बैशाख ३१ मै स्थानीय तह निर्वाचन हुने दावी गर्दै उनले जनभावना बिपरीत बखेडा झिक्नेलाई निर्वाचनबाटै जनताले पाखा लगाउँने जिकिर गरेका छन ।

सम्बन्धित यो समाचार पनि हेर्नुहोस..

मदन भण्डारी फाउण्डेसनको अध्यक्षमा तामाङ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!