काठमाडौँ, १४ माघ।  नेपाल चिनी उद्योग संघले यस वर्ष देशभर करिब ५० हजार मेट्रिक टन चिनी नपुग हुने जनाएको छ ।

मुलुकमा करिब दुई लाख २५ हजार मेट्रिक टन चिनीको माग भएको भए पनि स्वदेशी उत्पादनबाट करिब एक लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन हुने अनुमान गरिएको छ ।

Advertisement

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेश केडियाले २० लाख मेट्रिक टन उखु उत्पादन हुने बताउँदै सो परिणाम बराबर रु एक अर्ब १० करोड कृषकलाई भुक्तानी गरिने जानकारी दिनुभयो ।

उक्त संघले स्वदेशी कृषिजन्य चिनी उद्योगलाई प्रवद्र्धन गर्नका लागि भारतलगायत मुलुकबाट आयात हुने चिनीको भन्सार वृद्धि गर्न माग गरेको छ । चिनीमा १५ प्रतिशत भन्सार महसुल कायम रहेकामा ३५ प्रतिशत थप गरी ५० प्रतिशत पु¥याउन व्यवसायीले आग्रह गरेका छन् ।

गत वर्ष उखुप्रति क्विन्टल रु ५३१ कायम गरिएको संघले जनाएको भए पनि कृषकले रु प्रतिक्विन्टल रु ४६६ मात्र प्राप्त गरेको बताएका छन् । देशभर अहिले १३ उद्योग सञ्चालनमा छन् भने एक लाख कृषक तथा दुई लाख मजदुरलाई रोजगारीमा संलग्न रहेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!