इरिट्रिया, ५ माघ । संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल सजाय हुने गर्छ । अफ्रिकी मुलुक इरिट्रियामा दुई पत्नी हुनु अनिवार्य छ । यहाँ एक पुरुषको दुई पत्नी नभएमा जेल सजाय समेत हुने कानुनी व्यवस्था रहेको छ।

इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या ज्यादै नै कम भएका कारण यस्तो नियमलाई अनिवार्यता दिइएको हो । साथै यहाँका महिलाहरूले पनि बहुविवाहलाई समर्थन गर्नैपर्ने बाध्यतात्मक कानून बनाइएको छ। यदि कुनै महिलाले पतिलाई दोस्रो विवाह गर्नमा रोक लगाएमा जन्मकैद सम्मको सजाय हुन सक्छ।

संसारका महिला अधिकारीकर्मीहरूको विरोध हुँदाहुँदै पनि इरिट्रियामा एक वर्ष अगाडि उक्त कानुन बनाइएको हो । यसबाट बहुविवाह गर्ने पुरुषहरुको संख्या बढेको छ।

नेपालको सन्दर्भमा भने बहुविवाहलाई कानुनी अपराधको रुपमा लिइन्छ । बहुविवाहलाई नेपालमा फौजदारी अभियोग सरह मानिन्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!