धुलिखेल, २ माघ। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७, हुर्खा मार्ग नजिकै आज बिहान एक महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले सिन्धुपाञ्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने मानबहादुर थामीकी श्रीमती ४६ वर्षीया जुनीमाया मृतावस्थामा फेला परेको बताउनुभयो ।

Advertisement

“घटनाका बारेमा अनुसन्धान भइरहेकाले शव उठाइएको छैन, हामी अनुसन्धान गरिरहेका छौँ”, थापाले भन्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!