गुल्मी, २५ पुस । गुल्मी जिल्लामा पहिलो पटक सदरमुकाम तम्घासबाट सुरु भएको लिफ्टीङ्ग सिस्टम खानेपानी योजना क्रमशः अन्य  क्षेत्रमा पनि फैलिएको छ । बुढापाकाहरुले कल्पनासमेत नगरेको खोलाको  पानी तलबाट माथि डाँडामा आउने कुरा अहिले सामान्य हुँदै गएको छ ।पश्चिम नेपाल ग्रामिण तथा सरसफाई परियोजना कार्यालय गुल्मीले दिएको जानकारी अनुसार पहिलो पटक गुल्मीको ठुलोलुम्पेकमा सोलारबाट  नमुना खानेपानी योजना सम्पन्न गरिएको हो ।

Advertisement

त्यस्तै, गुल्मीको विरवासमा पनि सोलारबाट लिफ्टीङ्ग सिस्टम खानेपानी योजना सम्पन्न भएको छ ।  त्यस परियोजनका कार्यक्रम संयोजक विनोदकुमार लोहराका अनुसार गत आर्थक वर्षमा जिल्लाभर परियोजनाले  ८ वटा खानेपानी योजना सम्पन्न गरेको छ । ति ४ वटा विद्युतबा चल्ने लिफ्टीङ्ग सिस्टम खानेपानी योजनाहरु छन् ।  एउटा सोलारबाट र ३ वटा  ग्य्राभिटी खानेपाी योजनाहरु रहेका छन् ।  ति योजनाबाट ८ सय ६३ घरधुरी लाभान्वित भएका छन् । गत वर्षका ति योजना सम्पन्न गर्न  ३ करोड ९२ लाख ४७ हजार रुपैयाँ खर्च भएको थियो ।

त्यति नै लागतमा यो वर्ष सकिने योजना ६ वटा  रहेका छन् । यसबाट ९ हजार ९८ घरधुरीलाई पानी खुवाउने लक्ष्य लिईएको जिल्ला समन्व्य समिति गुल्मीले जनाएको छ । त्यसको वजेट गाउँपालिकाले ५० प्रतिशत नगद, उपभोक्ता समितिले २७ प्रतिशत श्रमदान १ प्रतिशत नगद राख्नुपर्ने हुन्छ ।

 खानेपानीका अलवा सरसफाई तथा स्वच्छता सम्वन्धी जनचेतना र भौतिक संरचना निर्माण गरिदै आएको छ । घर घरमा  र विद्यालय लगायका स्थानमा सार्वाजानिक शौचललय निर्माणलाई पनि जोड दिईको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई  डिभिजन परियोजनका अलवा अन्य संस्थाहरुले पनि  जिल्लामा खानेपानी योजनाहरु निर्माण गर्दै छन् । यसबाट मुहानदेखि  माथी डाँडालाईनमा वसोवास गर्ने जनता क्रमशः खानेपानीको समस्याबाट मुक्त हुने भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!