काठमाडौं, २४ पुस । चिकित्शा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी पुन अनशन बस्ने भएका छन्। डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै १४ औं पटक अनशन बस्न लागेका हुन्। सोमबार पत्रकार सम्मेलन गर्दै केसीले प्रधानन्यायाधीश पराजुलीमाथी छानविनको माग समेत गरेका छन्। उनले आज ४ बजेदेखि अनशन थाल्ने जनाएका छन्।

सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिनबाट बर्खास्त भएका डा. शशि शर्मालाई पुनर्बहाली गर्न आदेश दिएपछि केसी पुन अनशन बस्न लागेका हुन्। चार वर्षे पदावधि सकिन ४ दिन बाँकी रहँदा शर्मालाई सर्वोच्चले आइतबार पदमा फर्कन आदेश दिएको थियो।

आइओएम डिनको ४ वर्ष पुरानो मुद्दामा सुनियोजितरुपमा फैसला गरेको भन्दै फैसला मेडिकल माफियाको स्वार्थ र साँठगाँठमा भएको आरोप समेत डा. केसीले लगाएका छन्। यस बाहेक डा केसीले चिकित्शा शिक्षा आयोग तत्काल गठन र वरिष्ठताका आधारमा नियुक्त डिन जगदिश अग्रवाललाई पदमा कायमै राख्न माग गरेका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!