भक्तपुर, २३ पुस । स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुशील बन्धु थापालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको २१ औ स्थापना दिवसको अवसरमा स्थापित उक्त पुरस्कार महासंघ भक्तपुरले प्रदान गर्दै आएको छ । आइतबार आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टी नारायणमान बिजुक्छेले थापालाई  पुरस्कारबाट सम्मान गरे ।

Advertisement

पुरस्कारको राशि २ हजार ५ सहित सम्मानपत्र रहेको छ । दुई दशकदेखि पत्रकारितामा क्रियाशिल थापा हाल रफत सञ्चार क्लबका अध्यक्ष हुन् । पुरस्कार वितरण समारोहमा बोल्दै नेमकिपाका अध्यक्ष बिजुक्छेले बाम गठबन्धन टुटाउन चलखेल भइरहेको दाबी गरे । उनले यो गठबन्धन स्वार्थी धेरै भएकाले टिक्नेमा समेत शंका व्यक्त गरे ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष दिलिप थापामगर, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, प्रेस चौतारीका केन्द्रिय सदस्य सोम शर्मा बजगाई, क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीलगायतले पत्रकारले सत्य तथ्य र निश्पक्ष समाचार संकलनमा ध्यान दिनु पर्ने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!