अनलाइनखबर

चितवन,२१ पुस । माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र न. ३ का सांसद प्रचण्डले चितवनलाई देशकै आर्थिक राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् ।

चितवन उद्योग संघको नवौं अधिबेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनमा आर्थिक सम्वृद्धिको सम्भावना सवै जग रहेको रहेको भन्दैं आर्थिक नगरीका रुपमा अघि बढाउने बताए ।

प्रचण्डले भने, ‘चितवनमा देशलाई नै आत्मनिर्भर बनाउने पोल्ट्री व्यवसाय छ, दूध, तरकारी, तोरी, माछापालन, पशुपालनको सम्भावना अधिक छ । देशको मध्य भागमा अन्यत्र यो सम्भावना छैन ।’

अध्यक्ष प्रचण्डले आर्थिक राजधानीसँगै चितवनलाई केन्द्रीय र प्रादेशिक राजधानी बनाउन पनि प्रयास भइरहेको दाबी गरे । राजनीतिक क्रान्तिको फेज सकिएको भन्दै अब आर्थिक क्रान्तिको दशक शुरु भएको उनको भनाई छ ।

‘सधैं राजनीतिक खिचातानी, दाउपेचले मात्रैं देश बन्दैन, यसो हुँदा देश र जनता पछाडि पर्ने अवस्था आउँछ’, अध्यक्ष प्रचण्डले भने, ‘अब राजनीतिक सहमतीबाट स्थायीत्वको दिशामा जानुपर्छ ।’

अव बन्ने सरकारले निजी क्षेत्रलाई पनि साथमा नै लिएर अघि बढ्ने हुँदा गलत हल्लाका पछाडि नलाग्न उनले व्यवसायीहरुलाई अनुरोध गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!