गोरखा,१६ पुस। गोरखाको भीमसेन गाउँपालिका ८ बोर्लाङकी ६५ वर्षीया हिरादेवी श्रेष्ठले आफ्नै श्रीमानको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण गरेकी छन् ।

शनिबार साँझ घरमै पिर्का प्रहार गरी ६७ वर्षीय श्रीमान केयरमान श्रेष्ठको हत्या गरेलगत्तै हिरादेवीले प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरिन् ।

Advertisement

पिर्का प्रहारबाट श्रीमान केयरमानको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन् । श्रीमानसँग घरायसी झगडा भएको र आवेशमा आएर हत्या गरेको हिरादेवीले प्रहरीसमक्ष स्वीकारेकी छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!