Avatar photoSangalo Khabar

धनकुटा, २९ मंसिर । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले आज सदरमुकाममा वृहत जनप्रदर्शन गरेका छन् । सयौंको संख्यामा निश्किएका धनकुटाबासीले प्रादेशिक राजधानीको माग गर्दै बजारमा प्रदर्शन गरेका हुन् ।

राणाकालदेखि हालसम्म प्रशासनीक केन्द्रको रुपमा रहेको धनकुटामा सरकारले अस्थायी मुकाम तोक्नसमेत आनाकानी गरेको भन्दै धनकुटाबासीले प्रदर्शन गरेका हुन । ‘धनकुटालाई प्रादेशिक राजधानी कायम गर, हिमाल पहाड तराई कोही छैन पराई’ जस्ता नारा लगाउँदै धनकुटा बजारमा प्रदर्शन गरिएको हो ।

Advertisement
प्रादेशिक राजधानी माग गर्दै धनकुटामा भएको प्रदर्शन । तस्वीर: रबिन कटेल/संगालोखबर

प्रादेशिक राजधानी आन्दोलन संघर्ष मूल समितिको आयोजनामा भीमनारायण चौकबाट सुरु भएको जुलुश बजारका बिभिन्न भागको परिक्रमा गर्दै मदनचौकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई संबोधन गर्दै आन्दोलन संघर्ष मूल समितिका संयोजक उमेश घिमिरे, नागरिक समाजका अगुवा विदुर सुवेदी, स्थानीय सुजनभाई जोशी लगायतले धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गर्दै नगरिए जस्तो सुकै मुल्य चुकाउँन पनि पछि नपर्ने चेतावनी दिएका छन । राजधानी माग गर्दै जिल्लाबासीले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेका छन् ।

प्रदर्शनका थप तस्वीरहरु हेर्नुहोस्…

तस्वीरहरु : रबिन कटेल/संगालोखबर

 

यो पनि हेर्नुहोस् …

धनकुटालाई राजधानी बनाउँन माग गर्दै आन्दोलन घोषणा, यस्तो छ चरणबद्ध आन्दोलन

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement