संगालोखबर सम्वाददाता

धनकुटा, २८ मंसिर । आज राति आकाशमा तपाईले अनौठो दृश्य नियाल्न सक्नु हुने छ । आकाशमा खुला आँखाले नियाल्न सकिने उक्त दृश्य मिथुन उल्का वर्षा हो ।

Advertisement

प्रतिघन्टा १२० वटासम्म उल्का नियाल्न सकिने छ । विगत दश दिनदेखि नै सक्रिय रहेको उल्का वर्षा आज विहिवार राति भने अत्यधिक सक्रिय हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

उल्का वर्षा हेर्न चाहनु हुन्छ भने तपाईले प्रकाश प्रदुषण कम भएको स्थानबाट सहजै अवलोकन गर्न सक्नु हुनेछ । उल्का वर्षा हेर्नलाई कुनै दुरबिनको आवश्यकता पर्दैन ।

मंसिर १८ देखि पुष १ गते सम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति भने अत्यधिक सक्रिय हुनेछ । यस अवधिमा प्रतिघन्टा १२० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

आज राति चन्द्रोदय ३.५६ बजे र भोलि बिहान सुर्योदय ६.४६ बजे हुने भएकोले अवलोकनको लागि राति ८.४५ बजे देखि ३.५६ बजेसम्मको समय अनुकुल हुने जनाईएको छ ।

यो वर्ष देखिने उल्का वर्षा क्षुद्र ग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर उल्का वर्षा देखिँदै छ ।

यो वर्ष क्षुद्र ग्रह ३२०० फेथन आफैं पृथ्वीको नजिक रहने भएकोले उल्का ग्रह सहज देखिने छ । उल्का वर्षाको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामांकरण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!