धनुषा, २६ मंसिर । प्रतिनिधिसभा क्षेत्र नम्बर – १ मा वामगठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका मातृका यादव विजयी भएका छन् ।
राजपा फोरम गठबन्धन र कांग्रेस राप्रपा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै यादव विजयी भएका हुन् ।
यादवले २६ हजार ४१८ मत ल्याएर विजयी भएका हुन् । राजपा फोरमका उम्मेदवार दिपक कार्कीले १७ हजार २९६ मत ल्याए ।
त्यसैगरी नेपाली कांग्रेस राप्रपा गठबन्धनका उम्मेदवार आनन्द प्रसाद ढुङ्गानाले १५ हजार ६७९ मत प्राप्त गरे ।
विजयी यादवले प्रतिस्पर्धी राजपा फोरमका उम्मेदवार दिपक कार्कीलाई ९ हजार १२२ मतले पछि पारे ।