काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेस र नेकपा मालेले पुन मतगणनाको माग गर्दै मतगणना बहिस्कार गरेका छन् । उनीहरुले मतगणना बहिस्कार गरेपनि मतगणना भने जारी रहेको छ ।

Advertisement

निर्वाचन अधिकृतको हस्ताक्षर नमिलेको, मुचुल्का भन्दा बढी मत भेटिएको कारण देखाउँदै कांग्रेस र मालेले काठमाडौं बानेश्वरको सहकारी विभागमा भइरहेको मतगणना बहिस्कार गरेको हुन् ।

मतदान अधिकृतको चार थरी हस्ताक्षरको मुचुल्का उठाएकोमा पाँच थरी हस्ताक्षर भेटिएको भन्दै कांग्रेस र मालेले पुन मतगणनाको माग गरेका छन् ।
कांग्रेस उम्मेदवार प्रकाशशरण महतले त विपक्षीले प्रशासन लगाएको र सोहि प्रभावमा मतगणना नरोकिएको पनि  दाबी गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!