तेह्रथुम , १२ मंसिर । लालिगुरास नगरपालिका ९ साबिक सोल्मा ४ सिजेपुका दिलकुमार लिम्बु अहिले ३२ बर्ष पुगे । जन्मेर २० / २१ बर्ष सम्म अध्ययनमा समय बितेपछि त्यस पछिको समय लाहुर भिड्ने , च्याबु्रङ नाच्ने र फुटबल खेल्ने मै समय बित्न थाल्यो ।

Advertisement

लिम्बुहरुको पुर्खाको साख बचाउनका लागी दिलकुमार भारत , सिंगापुर र बेलायत आर्मिका लागी दर्जनौ अभ्यास गर्दा पनि सफल भएनन् । एकपटक त सिंगापुरका लागी अन्तिम छनौट प्रकृया सम्म पुगेर पनि धोका खाए ।

अन्नतः हुईकिदो उमेर संगै लाहुरे बन्ने सपना साकार भएन दिलकुमारको उमेरको कारण लाहुर भिड्ने बितेको पतो पाएपछि उनले आफ्नो समय फुलबल खेडालीको रुपमा प्रयोग गर्न थाले  ।

कुनै औपचारिक कार्यक्रम तिर स्टेच तिर भाषण भुषणा तिर “बिकासका लागी खेदकुद , राष्ट्रका लागी खेलकुद” भन्ने नारा कानमा गुन्जिन्थ्यो । त्यसपछि लिम्बुको उदेस्य परिवर्तन भयो ।

सानै देखी राम्रो फुटबल खेल्ने दिलकुमारको सपना अब राष्ट्रिय खेलाडी बन्नेमा परिणत भयो । लाहुर भिडाई बाट आजित भएका लिम्बु फुटबल खेलका लागी पुर्वाञ्चलका बिभिन्न खेलहरु भ्याउन थाले । निकै राम्रो खेलाडी भएकोले होला सायद बिभिन्न टिम तथा क्लवबाट खेलिदिन उनलाई आग्रह आउथ्यो ।

उनि पनि हरेक ठाँउको खेलमा उत्सुकताका साथ प्रस्तुत हुन्थे ।  खेल खेले कै कारण उनको कोठाको भित्ता प्रमाण पत्र , मेडल र ट्रफिले भरिभराउन भयो । तर उनले जति खेल खेले चर्चा राम्रै कमाएपनि उनि राष्ट्रिय खेलाडीको हरुपमा सिफारिसमा परेनन् । बिस्तारै उनले फुटबल खेललाई पनि कम गर्दै लान थाले ।

त्यसपछि उनि लिम्बुहरुको सास्कृतिक मौलिक नाच ढोल (च्याबु्रङ) मा आफ्नो समय लगानी गर्न थाले । आफ्नो संस्कृती बचाउने र मौलिक नाच संबद्र्धन गर्ने लक्ष्यका साथ दिलकुमार बिभिन्न बिबाह , सास्कृतिक कार्यक्रम तथा स्टेच प्रोग्राम तिर च्याबुङको साथमा देखिन थाले ।

सानै देखी मेहनत गरेर च्याबु्रङ नाचेको कारण च्याब्रुङ नाचका सम्पुर्ण आईटमहरु उनलाई आउथ्यो । उनि च्याब्रुङ नाच्दै मात्र हिनेनन् च्याबु्रङ प्रशिक्षकको रुपमा पनि नेपालको बिभिन्न गाउ शहर तथा भारतको असाम सम्म पनि पुगे ।

यसरी उनि लिम्बु संकस्तीको अभियान्ताको रुपमा च्याबु्रङको साथमा बिभिन्न स्थान पुग्दा उमेरले २८ बर्ष पगेछन् । मनमा धेरै छटपटी हुन थाल्यो के मरो जिवन अव च्याबु्रङ नाचेर नै बित्ने हो त मन सान्त रहेन अब मैले केहि गर्नुपर्छ यस्ता यस्ता हजारौ कुराहरु दिलकुमारको मनमा खेल्न थाल्यो । त्यहि क्रममा उनि बैबाहिक बैधनमा पनि बाधिए ।

हरेक व्यक्ति आफ्नो खुट्टामा उभिएपछि मात्र बिहे गर्नुपर्छ भन्ने मानसिकता बोकेका लिम्बुले आफु उभिनका लागी बुबा आमा र अन्य परिवारको साहारा लिएको महसुस गरे ।

गाउघरमै घरायसी सामान्य काममा अब व्यस्त हुन थाले उनि कस्को बिहे हुन्छ च्याबु्रङ बजा , को बिरामी हुन्छ अस्पताल लैजा , कहा फुट हुन्छ खेल्न जा , यसरि नै दिचर्या बित्ना थाल्यो दिलकुमारको । अब त केहि गर्नु पर्छ , होईन भने बिदेश जानु श्रीमतीले पनि कचकच गर्न सुरु गरिन । आमा बुबाको पनि त्यहि धारणा थियो छोराले केहि गरोस सम्पती कमाओस । दिलकुमारलाई अनि केहि गर्न नसकेकोमा आत्मग्लानी महशुस हुन थाल्यो ।

सोहि क्रममा उन्नती परियोजनाले तेह्रथुमको म्याङलुङमा व्यावसायिक गाईपालन सम्बन्धी तालिमको आयोजना भयो । उक्त तालिममा सहभागिता लागी स्थानिय तिन्जुरे दुग्ध उत्पादक सहकारी सस्थाले दिलकुमारलाई सिफारिस ग¥यो । घरमा पनि खासै काम नभको नया सिप ज्ञान सिक्न उत्सुक दिलकुमार तालिममा सहभागी बने ।

व्यावायिक गाइपालन सम्बन्धी तालिम ३ दिन सम्म लिएपछि लिम्बुको मनमा पनि गाईपालन गर्न सकिन्छ कि भन्ने जिज्ञासा उब्जीन थाल्यो । परिवारको सपोट पाएमा गाईपालन गर्छूृ होला भन्ने सोचका साथ उनि घरमा पुगे ।

परम्परागत हिसाबले अलैची खेती गर्दै आएका उनको परिवारले सोहि बर्ष १ लाख प्रतिमनको दरले ५ मन अलैची बिक्री गरे । अलैची बिक्री बाट आएको रकमले २०७२ साल भदौमा गाईफर्मको लागी भौतिक पुर्वाधार निर्माण गरे त्यसपछि घरेलु तथा साना उद्योगमा फर्म दर्ता पछि कृषि बिकास बैङक बाट ६ प्रतिशत ब्याजदरमा ५ लाख ऋण लिएर दिलकुमारले व्यावशायिक गाईपालन सुरु गरे ।

याङहिङबाङ गाई फर्म नाम फर्म दर्ता पछि तालिमको सिकाई अनुसार आधुनिक फर्म निर्माण गरि ५ वटा उन्नत जातको गाई खरिद गर्नमा ९ लाख लगानी गरे । सिधुवा र ईलाम बाट सो गाईहरु ल्याएपछि दिलकुमारको दैनिकी गाई स्याहार बै बित्न थाल्यो । गाईलाई टुक्राईएको घाँस खुवाउने पर्ने भएकाले उनको माग अनुरुप जिल्ला पसु सेवा कार्यलयको साझेदारीमा १४ हजारमा च्यापकटर मेसिन पनि जोडे ।

गाईहरुलाई खुवाउने आहारा र उन्नत जातको घाँस आफैले बारीमा लगाए । गोर्खा , तनहु, चितवन सम्म पुगेर उनले उन्नन जातको घाँस डिस्मोडियम , मोलेट्रो , सुम्बा सेटेरिया , गुहाटे माला , ईपिल लगायतका घाँसका जातहरु रोपेपछि गाईहरुलाई खुराकमा कुनै पनि कमि भएन । वयस्क गाई खरिद गरेका दिलकुमारको फर्म बाट दैनिक ३५ देखी ४० लिटर दुध उत्पादन हुन थाल्यो । फर्ममा उत्पादन भएको दुध गाउमा उत्पादन हुने अन्य दुध स्थानिय तिन्जुरे दुग्ध उत्पादक सहकारी सस्थाले खरिद गरिदिए पछि बजारको पनि कुनै समस्या भएन ।

मासिक रुपमा ५० हजार सम्म आम्दामी लिन थालेका दिलकुमारले बचतको जोहो गरेर किस्तामा २१ लाख ६० हजारको लागतमा दुध ढुनावी तथा अन्य कामका लागी महेन्द्र बोलेरो फोरबिल गाडी खरिद गरे ।

गाडी पनि आफै चलाउने भएपछि ड्राईभरलाई दिने तलब पनि उनकै भयो । अहिले उनको दिनचर्या फर्मको हेरचाह गाईको दुध दुहुने र  सहकारीको चिस्यानमा जम्मा भएको दुध स्थानिय लसुने बजार सम्म पु¥याउनमा बित्ने गर्छ । उनको फर्ममा अहिले ६ वटा दुहुना गाई र ६ वटा बाच्छीहरु रहेका छन् ।

दैनिक ४० लिटर सम्म दुध र गाडी बाट मासिक उनको ७० हजार सम्म आम्दामी हुन्छ । बार्षिक ९ लाख बढि आम्दामी गर्दै आएका लिम्बुले आफ्नो गाई फर्ममा २ जनालाई रोजगार समेत दिएका छन् ।

उनिहरुको मासिक ७ हजार पारिश्रमिक रहेको छ । दिलकमारी श्रीमती समेत फर्म काम गर्न दक्ष भईसकेकिछिन । फर्म बाट मनग्नै आम्दामी लिईरहेका लिम्बुले उन्नत जातको घाँसको बिउ बिक्री बाट यसैबर्ष मात्र १२ लाख रुपैया साटेका छन् । उनकोमा भएको घाँसको बिउ जिल्लाका अरु गाईपालन फर्म तथा कृषकहरुले लाने गरेका छन् ।

युवा उमेर मै व्यावशायिक बनेका दिलकुमारको अहिले आम्दामीको मुख्य श्रोत नै दुध हो । दुध , गाडी र घाँस बाट करिब २० लाख बार्षिक आम्दामी गर्दै आएको उनको भनाई छ । एक छोरा र श्रीमतीको साथमा रहेको उनि आफ्नै परिश्रम र व्यावासाय बाट सन्तुष्ट हुनुहुन्छ । परिवारको माईला सदस्यको रुपमा रहेका लिम्बुका जेठा दाजु सिंगापुर पुलिस , साईला भाई बैदेशिक रोजगारमा छन् भने कान्छा भाई पढाईमा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!