एजेन्सी, १० मंसिर । बेलायतमा लास गाड्नका लागि चिहान खन्ने काम गर्ने मार्टिन हाउस नामका व्यक्ति अहिले चर्चामा छन् । उनले चिहान खनेरै वर्षको २५ हजार पाउण्ड अर्थात् झण्डै ३५ लाख रुपैयाँ आम्दानी गर्दछन् ।

Advertisement

उनको यो अनवरत संघर्षका कारण उनलाई एउटा गौरवशाली पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको नाम हो म्भबतज इकअबच । उनको चिहान खन्ने कलाको सम्मानमा उनलाई यो ओस्कार अवार्ड प्रदान गरिएको हो ।

उनलाई हालैमात्र बेलायतका सर्वोत्कृष्ट ग्रेभडिगर अर्थात् चिहान खन्नेवाला मान्छे समेत घोषित गरिएको छ ।

बेलायतमा चिहानहरुको अनुगमन गर्ने एक निकायले मार्टिनलाई यस्तो उपाधि दिएको हो । उनको वातावरणमैत्री कार्यका लागि यस्तो उपाधि प्रदान गरिको उक्त निकायले जनाएको छ ।

मार्टिनले आफ्नै हात तथा खन्ने हाते औजार प्रयोग गरी कुनै मेसिनको सहायता विनै ६ देखि ७ फिटसम्मको निकै सुन्दर चिहान खन्दछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!