Rabin Katel

काठमाडौं ।  तपाईँ घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ ?  बेलैमा सचेत हुनुहोस्, श्रवणशक्ति गुम्न सक्छ । यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै कान नसुन्ने, कान बज्ने तथा कम सुन्नेलगायतका समस्या पाइएको छ ।

Advertisement

उपचार गर्न अस्पातल पुगेका कानका बिरामीमा यस्तो समस्या देखिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज इएनटी विभागका कानरोग विशेषज्ञ डा. रवीन्द्रनाथ प्राधांगका अनुसार कानको समस्या आउने धेरैमा सुन्ने क्षमता कम भएको पाइएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

‘सुरूमा कान बज्यो भनेर आएका हुन्छन्, परीक्षण गर्दा कम सुन्ने समस्या देखिन्छ,’ उनले भने। डा प्रधानांगका अनुसार  घन्टौं मोबाइल/ फोनमा कुरा गर्ने, एयरफोनको बढी प्रयोग गर्ने, चर्चो फ्रिक्वेन्सीमा संगीत सुन्ने युवामा यस्तो समस्या पाइएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement