एजेन्सी, १० मंसिर । विश्वमा त्यस्ता थुप्रै शाषकले जन्म लिइसकेका छन् , जसले आफ्नो अहङ्कारका कारण थुप्रै मानिसहरुको ज्यान लिए । त्यस्तै अमेरिकी इतिहासमा जिम जोसको नाम पनि एउटा यस्तै आश्चर्यजनक घटनासँग जोडिएको छ ।

Advertisement

गुयानाको जोस टाउनमा भएको यस्तै घटना अझै पनि अमेरिकाका लागि अविश्वसनिय छ ।कम्युनिस्ट विचारधार भएका जिम जोसले आफूलाई ईश्वरको दूत बताउने गर्थे । उनले १९५६ मा पिपल्स टेम्पल नामको एउटा चर्च बनाएका थिए जसको उद्देश्य दुःखी गरिबको मद्दत गर्नु थियो ।

जिमको समाजसेवा देखेर हेर्दाहेर्दै उनका कुराहरुबाट प्रभाववित भएर धेरै मानिसहरुले उनलाई पछ्याउन थालेका थिए । त्यसपछि उनले आफ्नो चर्चलाई पनि क्यालिफोर्निया सारे ।

उनको विचारधारा अमेरिकी सरकार भन्दा भिन्दै थियो त्यसैले उनले आफ्ना फलोअरहरुसँग दक्षिण अमेरिकाको गुयानामा गएर बस्ने निर्णय लिए । तर जिमको वास्तविकता मानिसहरुले गुयाना पुगेर मात्र थाहा पाए । त्यहाँका मानिसहरुले दैनिक ११ घन्टा काम गर्नुपथ्र्यो भने रातभर जिमको भाषणका कारण उनीहरु सुत्न पनि पाउँदैनथे ।

गुनायामा जिमले आफ्ना सबै फलोअरलाई खाना र काम उपलब्ध गराउने विश्वास दिलाएर ल्याएका थिए । तर त्यहाँको अवस्था हेर्दा धेरै मानिसलाई बस्ने स्थानको कमी थियो र खानाको व्यवस्था पनि केही थिएन ।त्यसपछि बिस्तारै त्यहाँका मानिसहरुमा जिमको प्रभाव घट्दै गयो र उनीहरु त्यहाँबाट भाग्ने योजना बनाउन थाले । तर यसबारे पहिले नै जिमले थाहा पाइसकेकाले उनले आफ्नो क्रुर व्यवहारलाई सबैसामु प्रकट गर्न थाले ।

जोसटाउन भन्दा बाहिर जान त्यसबेला सबैले जिमकै स्वीकृति लिनुपर्ने भएकाले मानिसहरु त्यहाँ बन्धि भएर बसेका थिए । यसबारेमा अमेरिकी सरकारले थाहा पाइसकेपछि त्यहाँबाट मानिसहरुलाई बाहिर निकाल्न थुप्रै सेना पठाइएको थियो । तर सेनाले मानिसहरुलाई निकाल्न नपाउँदै जिमले हमला गरेपछि मानिसहरु त्यहाँबाट निस्किन असफल भए ।

यति भइसकेपछि जिमले आफ्ना सबै फलोअरलाई एकसाथ बोलाएर अमेरिकी सरकारले उनीहरुलाई मार्ने योजना बनाएको भनेर झुटो हल्ला फैलाए । मानिसहरुलाई अमेरिकी सरकार विरुद्ध भड्काउन झुटा आरोप लगाएर उनले मानिसहरुलाई फकाउन थाले ।

जिमले उनका सबै फलोअरलाई अमेरिकी सेनाले कुनैपनि बेला त्यहाँ बम खसाल्न सक्ने र उनीहरुका बच्चालाई समेत यातना दिएर मार्ने योजना बनाइरहेको बताए ।

यसरी निर्दोष मानिसहरुको मनमस्तिस्कसँग खेलेर उनले सबैलाई यसको जवाफमा एकैपटक आत्महत्या गर्नुपर्ने आदेश दिए । सोजा मानिसहरुलाई उनले आफैँ तयार गरेको विष पिएर आत्महत्या गर्न सहमत गराए ।

अमेरिका विरुद्ध भड्काएर उनले सबैलाई आत्महत्या गर्न लगाए र यसले अमेरिकी इतिहासमा भयानक दुर्घटनाको रुप लियो । विष खाएको पाँच मिनेटपछि नै मानिसहरुको मृत्यु हुन थाल्यो । त्यहाँ रहेका ९१२ मानिसहरुको मृत्यु भयो जसमध्ये २७६ बालबालिका थिए । अमेरिकी सेना सो स्थानमा पुग्दा जोसटाउन पूर्ण रुपमा शवले भरिएको थियो । १९७८ मा घटेको यो घटना अमेरिकी इतिहासको सबैभन्दा दर्दनाक घटना हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!