गुल्मी, ८ मंसिर । गुल्मीमा ल्याइएको अनौठो प्रकारको गाई हेर्न सर्वसाधारणको घुइँचो लागेको छ । मकवानपुर हेटौडा उपमहानगरपालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले गुल्मी ल्याएको ३ आँखा र २ मुख भएको गाई हेर्न वामीटक्सार बजार र कुर्घा लगायतका स्थानका मानिसहरुको घुइँचो लागेको  हो ।

Advertisement

मन्दिरको सहयोगार्थ यो अनौठो प्रकारको गाई लिएर गाउ र शहरमा घुमाइने गरेको मन्दिर समितिका सदस्यहरुले बताएका छन् ।
सो गाइलाई गुल्मीका बामीटक्सार, कुर्घा मुसिकोटलगायतका स्थानमा गाडीमै राखेर घुमाइएको छ । अनौठो प्रकारको यो गाई हेर्न  आउनेहरुले ढोग्ने र भेटी चढाउने गरेको मन्दिर संरक्षण समितिका सदस्य सिताराम दाहालले जानकारी दिए ।

२०६८ फाल्गुन १६ गते स्थानीय व्यक्तिको घरमा जन्मेको गाईलाई मन्दिर समितिले संरक्षण गरेर जोगाउदै विभिन्न जिल्लाका सर्वसाधरणलाई देखाउदै आएको छ ।

यो गाई देख्दा मात्रै होइन, यसको विशेषता पनि अचम्मको रहेको छ । यो गाईले नव्याउँदै  दुध दिने गरेको छ । जन्मेको ९ महिनादेखि गाईको कल्चौडो (फाँचो) बढेको र दैनिक आधा माना दुध दिने गरेको मन्दिरका सदस्य दाहालले जानकारी दिए ।

हिन्दू धर्म अनुसार गाइलाई लक्ष्मीमाता भनेर पुजा समेत गर्ने गरिन्छ । अझ यस्तो अनौठो प्रकारको गाईमा शक्तिस्वरुप भएको कतिपयको भनाई रहने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!