काठमाडौं, २८ कात्तिक । नेकपा एमालेका प्रदेश नम्बर १ का सहसंयोजक तथा  भोजपुर १ का प्रदेश सभा  सदस्य उम्मेदवार शेरधन राईमाथि आज भएको आक्रमणको नेकपा एमालेले कडा शब्दमा निन्दा गरेको छ ।

Advertisement

एमालेका अध्यक्ष केपी ओलीले एक विज्ञप्ति जारी गर्दै राईमाथि भएको  सांघातिक आक्रमणलाई  पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन् ।
उनले आक्रमणलाई आफूले सिंगो एमालेपार्टीपंक्तिमाथिको आक्रमणको रुपमा लिएको भन्दै  घटनामा जोसुकै संलग्न भएको भएपनि उनीहरुको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचनलाई भाड्ने र मुलुकलाई भाँडभैलो मच्चाइरहने स्पष्ट भएको बताएका छन् ।

विज्ञप्तिमा बाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को गर्दै  आक्रमणको घटना जारी रहनुले  आफू आश्चर्यचकित भएको भन्दै ओलीले  यस्ता खालका घटनाप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो पनि पढ्नुहोस

भोजपुरमा शेरधन राई सवार गाडीमा बम प्रहार

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!