धनकुटा, २५ कात्तिक । जनज्योती बचत तथा ऋण सहकारी सस्था लिमिटेड धनकुटाको पाँचौ साधारणसभाबाट विकास घिमिरे पुनः अध्यक्षमा निर्वाचित भएका छन ।
धनकुटा सदरमुकाममा आज सम्पन्न साधारणसभाले पाँच बर्षे कार्यकालका लागि घिमिरेलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा कुमार दाहाल, सचिवमा सारदा घिमिरे (धमला) र कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन ।
त्यस्तैगरी सदस्यहरुमा मञ्जु पौडेल, संकर ल्वागुन, भुषण श्रेष्ठ, देवेन्द्र मिश्र र रिना श्रेष्ठ निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक खगेन्द्र घिमिरेले जानकारी दिएका छन ।
साधारणसभाले गोपाल वि.क.को संयोजकत्वमा सहकारीको लेखा समिति निर्माण गरेको छ । समितिको सदस्यमा सोभा श्रेष्ठ र सोभा बस्नेत निर्वाचित भएको सहकारी सस्थाले जनाएको छ ।
यो पनि पढ्नुहोस्…