चितवन, १९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस वाम गठबन्धनका कारण कमजोर बनेको नभई आफ्नै आन्तरिक कारणले कमजोर बनेको बताएका छन्।

Advertisement

चितवनकाे चनाैलीमा  आइतबार पार्टी कार्यालय उद्घाटन गर्दै  पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कांग्रेसमा हलिे नेतृत्व संकट देखिएको बताए। उनले वाम गठबन्धनका कारण अतंकित नहुन सुझाव दिए। ‘तपाईंहरु वाम गठबन्धनका कारण अतंकित नहुनोस्’, उनले भने, बिपीको आदर्शलाई पच्याउनुहोस् कांग्रेस आफै बन्छ।’

अध्यक्ष प्रचण्डले स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन बनाएको दावी गरे। उनले भने, ‘सत्ताका लागि मात्र नभइ वाम गठबन्धन देश र जनताको हितमा छ।’

प्रतिनिधिसभाका लागि चितवन क्षेत्र न ३ का उम्मेदवार समेत रहेका अध्यक्ष प्रचण्डले अबको आवश्यकता भनेको स्थिर सरकार निर्माण गरी विकासतर्फ अगाडि बढ्नु रहेको बताउ।

चितवनको विकास, समृद्धि र देशकै नेतृत्व गर्ने लक्ष्यका साथ आफूले क्षेत्र नं ३ बाट उम्मेदवारी दिएको उनले दावी गरे।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!