काठमाडौं, १८ कात्तिक । नेपाली राजनीतिमा विगत एक महिनादेखि अनौठा–अनौठा गतिविधि भईरहेका छन्, जुन कतिपय कल्पनाभन्दा बाहिरका देखिन्छन् ।

Advertisement

भनिन्छ, राजनीतिकमा सबै कुरा जायज हुन्छन् । र, अहिले त्यहीँ भइरहेको जस्तो देखिन्छ । राजनीतिमा फेरि अर्को एउटा नयाँ ट्वीष्ट आएको छ । मुख्य दुश्मन सिध्धाउन, दुश्मनको पनि दुष्मनसँग दोस्ती हुन्छ । अहिले एक अर्काको अर्काको राजनीतिक दुश्मन रहेका विमलेन्द्र निधि र संजय साह (टकला) एक भएका छन् । यो धनुषाको राजनीतिकमा आएको उथलपुथल नै हो ।

धनुषामा विमलेन्द्र निधि र संजय साहबीच यस्तो जातीय दुश्मनी थियो कि, उनीहरुका कार्यकर्ता पटक–पटक आमने–सामुने भएका छन् । एक अर्कालाई सिध्याउनेसम्मको अवस्था आएको थियो । तर, यो चुनावले यी दुईलाई नाटकीय रुपमा नजिक बनाएको छ । र, भनौँ मिलाइदिएको छ ।

जेलमा रहेका संजय साहले आफ्ना श्रीमती रंगिला साहलाई नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिका विरुद्धमा उम्मेदवारी दिलाउने तयारी गरेका थिए । त्यसका लागि सबै तयारी पूरा भइसकेको थियो । वाम गठबन्धनले पनि सघाउने सहमति पनि भइसकेको थियो । तर, राजेन्द्र महतोले त्यहीँ क्षेत्रबाट चुनाव लड्ने भएपछि संजयले आफ्ना श्रीमती ‘ब्याक’ गरे ।

राजेन्द्र महतो धनुषा ३ नम्बरमा नआएको भए रंगिलालाई चुनाव जित्न सजिलो थियो । तर, महतो आइसकेपछि संजयले गाह्रो देखे । अनि श्रीमति रंगीलालाई ‘ब्याक’ गरे ।

पहिलादेखि पनि संजय र राजेन्द्र महतोबीच सम्बन्ध राम्रो थिएन । तर, यो चुनावमा पनि संजयको क्षेत्र नछाडेपछि उनी बाध्य भएर विमलेन्द्र निधिसँग हात मिलाउन गएको राजनीतिक वृतमा मानिएको छ । अर्थात वर्षौदेखिको विमलेन्द र संजयको दुश्मनीलाई मिलाउने काम राजेन्द्र महतोको आगमन गरिदियो ।

धनुषाको क्षेत्र नम्बर तीनमा संजय साहको मतलाई निर्णायक मत मानिन्छ । उनीसँग रहेका मतलाई उनले ‘होल्ड’ नै गरेका छन् । यतिसम्मको स्थानीय तहको चुनावमा रातोपाटीको टीमले जनकपुर पग्दा संजयको साथ जसलाई उसैको जित सम्भव छ भनेर समाचार लखेको थियो । नभन्दै संजयको सहयोगमा यहाँको उपमहानगरपालिकामा राजपाले जित निकाल्यो । यसको मूल खेलाडी थिए संजय ।

जनपुरमा यो भनिन्छ, संजयको मत जता जान्छ उ जित्ने निश्चित हुन्छ । यो कुरा निधिजस्ता चतुर राजनीतिक खेलाडीले नबुझ्ने कुरै भएन । त्यही भएर विमलेन्द्र निधिले आफै जेलमा रहेका संजय साहलाई सम्पर्क गरेका छन् । कात्तिक १५ गते निधि र साहबीच फोनमा कुराकानी भएको स्रोतले बताएको छ । संजयका एक सहयोगीले दुई नेतावीच संवाद भएको पुष्टी गरे ।

डिल्लीबजार करागार स्रोतका अनुसार नेताले निधिले फोन गरि चुनावमा सहयोग गर्न आग्रह गरेका छन् । विगतका तीता मिठा कुरालाई विर्सेर यी दुई नेताले एक अर्कालाई सहयोग गर्ने सहमति पनि गरेको सूत्रको भनाई छ । -रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!