काठमाडौं, १८ कात्तिक । टिकट नपाएको भनेर पार्टीहरुवीच अहिले बबाल मच्चिएको छ । तर, एक जना यस्तो उम्मेदवार भेटिएका छन, जो दुई वटा पार्टीबाट समानुपातिक सभासद्को सूचिमा छिन् ।

Advertisement

ती हुन गंगा चौधरी सत्गौवा। उनी एमाले र नयाँ शक्तिको समानुपातिक सूचिमा छिन् ।

शुरुमा उनी चौधरीलाई नयाँ शक्तिले सिफारिस गरेको थियो । पछि उनी एमालेबाट पनि सिफारिसमा परेकी छिन् ।

निर्वाचन आयोगले हिजो सार्वजनिक गरेको सूचिमा चौधरीको नाम एमाले र नयाँ शक्ति दुवैको सूचिमा परेको छ ।

थरुहट तराई पार्टी नेपाल लोकतान्त्रिकबाट गंगा चौधरी सत्गौवा गत फागुन २ गते नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् । त्यसबेला उनी संसद समेत थिइन् । संसदमा उनले नयाँ शक्तिको प्रतिनीधित्व गरेकी थिइन् ।

निर्वाचन आयोगका प्रवत्ता नवराज ढकालले कुनै उम्मेद्वार दुई वटा पार्टीबाट सिफारिस भएको पाइए दुवैतिर स्वत रद्द हुने जनाए ।

रातोपाटीसँगको कुराकानीमा शुक्रवार कोमल वलीले आफुलाई टिकट नदिएर एमालले धोका दिएको बताएकी थिइन् । संयोग कस्तो भने गंगा र कोमल दुवै दाङका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!