कोमल वली, नेतृ, एमाले

Advertisement

अन्तिम समयमा एमालले टिकट नदिएपछि कोमल वली एमाले नेतृतवसँग असन्तुष्ट छिन् । उनले एमाले नेतृत्वले पहिला सहमति गरेपनि अहिले गंभीर धोका दिएको रातोपाटीसँग बताइन् ।

शुक्रवार रातोपाटीसँगको टेलिफोन कुराकानीमा उनले भनिन्,

एमालेले मलाई अहिले धोका दियो । मानिसले कि त बाचा गर्नु हँुदैन । गरेपछि पुरा गर्नुपर्छ भन्ने मेरो धारणा हो । एमाले नेतृत्व केपी ओलीजीले  मलाई हिजोका दिनमा जे बाचा गरेका थिए, त्यो पुरा गर्नुभएन । बाचा गरेपछि, बचन दिएपछि पुरा गर्नुपर्छ । आफ्नो बचनको लाज राख्न सक्नुपर्छ ।

यदी मलाई एमाले नेतृत्वले हेरौला, भबिष्यामा बिचार गरौला भनेको भए, मैले अरु नै तरिकाले साच्थेँ होला । शुरुमा मेरो उमेद्वारी हुने चाहाना थिएन । किनभने मेरो धेरै मिडियामा समाचार पनि आइरहेकै हुन्छ । मैले केटाको बिषयमा स्टाट्स लेखेँ, बोलेँ भने त्यहीँ समाचारका हेडलाईन बनेको हुन्छ । अहिलेका पार्टीका सभासद्को जति मेरो पनि समाचार आउछ ।

म सबै कुरा छोडेर, जागिर छाडेर गायनको निरन्तरतालाई ब्रेक लगाउदै राजनीतिमा होमिएकी हुँ । राप्रपामा पनि केन्द्रीय सदस्य जितेकै थिए । सबैले चिन्थेँ । कतिपय ठाउँमा जाँदा मञ्च पाएकै थिएँ । भाषण ठोकेकै थिएँ । अरुलाई गाली गर्न पाएकै थिएँ ।

एमाले एउटा जनाधार भएको पार्टी हो । अरु पाटीहरुको तुलनामा यो उतम छ, जनाधार भएको पार्टी भनेर बुझेकी थिएँ र पो यो रोजेँ । एमालेमा आउँदा पनि मैले नेतृत्व केपीजीलाई भनेको थिएँ, ‘म प्रत्यक्ष राजनीतिमा आएकी छु । जनाधार भएको एकमात्र पार्टी एमाले हो जस्तो मलाई लाग्छ । काग्रेसमा भित्र आफैमा बितन्डा मच्चिएको छ । यस कारणले तपाइको नेतृत्व भएको पार्टीमा बोलाउनु भयो । ठिक छ आउँछु । मेरो पनि सर्त छ । मलाई पनि पोजिसन चाहियो । सेवा गर्न चाहन्छु ।’

यति मात्र हैन मैले उहाँसँग, ‘अहिलै नै चाहिन्छ भनेको छैन । तर, प्रतिनिधीसभाको चुनाव हँुदा प्रत्यक्षमा उठ्ने मेरो रहर छ । दिनुहुन्छ भने प्रत्यक्षमा उठ्छु । मिलेन, कागताली परेन, कार्यकर्ताले मानेन् भने समानुपातिकमा दिनुपर्छ ।’

मेरो सर्तमा उहाँले हुन्छ भन्नुभएको थियो ।

यति भएपछि पनि केही समयपछि एमाले प्रवेश गरेकी हुँ । पार्टीमा आउ भन्ने बितिक्कै हुन्छ हाम फालेकी पनि होइन ।

यसपछि नेता शंखर पोखरेललाई अगाडि राखेर केपी ओलीजीले तिम्रो सर्त पुरा गर्ने मेरो वादा भो भनेर भन्नु भएको थियो । बद्री पंगेनीलगायत केही कलाकारले मलाई भनेका थिए, ‘दिदी दुई पल्ट कन्र्फम गर्नु होला है । हाम्रा नेताहरु हुन्, राम्रोसँग चिन्छु ।’

उनले भुवनको उदारण पनि दिएका थिए । भुवनलाई त छोडेनन् तिमीलाई पनि सिध्याउलान् भनेका थिए । यी भनाई पनि मैले केपीजीलाई सुनाएको थिएँ । त्यसपछि उहाँले भन्नुभएको थियो, ‘यो कुरा सुनेर त्यतिबेला केपीजीे कसले खतम पारे, कसले आश्वासन दिएका थिए, त्यो उनीहरुले नै जानुन्, भुवनलाई तिमीसँग तुलना नगर । तिमी कहाँको राष्ट्रवादी, मलिन स्वभावकी, तिम्रो स्टान्डर कस्तो छ । कोमल ओलीलाई मानिसले कसरी हेर्छन् । मैले बुझेको छु नि ।’

तर, आज उहाँको पार्टीमा नवराज सिलवाल अटाउनु भयो । अधिल्लो चुनावमा भोट नपाएका नेताले टिकट पाएँ । म एउटा मात्र किन अटाइन त ? मेरो उहाँहरुलाई एउटै प्रश्न छ । कि कलाकार सधै यसरी नै पीडित भइरहने त ?

पहिले उहाँहरुले आश्वासन नदिएको भए, त्यो समयमा भोली बिचार गरौँला भनेका भए, म पनि सोच्छु, बिचार गर्छु भन्थे । किनभने मलाई अरु कुनै नियूक्ती खानु थिएन । म राजनीतिमा पैसा कमाउन, गाडी चढ्न प्रवेश गरेको होइन । आफ्नै गाडी छ । आफैले कमाएकी छु । म बिजनेश म्यानसँग नजिक भएर घर गाडी जोडेको मानिस पनि होइन । अनुहार बिकाएर, हासेर, दात देखाएर मैले पैसा कमाएको पनि छैन । आफु भित्र भएको ट्यालेन्ट देखाएर आफ्नो खुट्टामा उभिएको मानिस हुँ म ।

म मध्यम बर्गीय परिवारकी छोरी हुँ । मैले अध्ययन पनि राम्रै गरेकी छु । माक्र्सवादका कितावहरु पनि पढेकी छु । हुँदा खाने मानिसलाई हुने खाने बनाउने पार्टी राप्रपा मेरो लागि उतमै थियो नि ।

एमालेका ईश्वर पोखरेलका घर हेराँै, केपी ओलीको घर हेरौँ, प्रचण्डको घर हेरौँ, दरबार जस्ता छन् । रोपनीमा फैलिएका छन्, त्यो पनि काठमाडौमा । उहाँहरु सान र सौकतसँग बस्नु भएको छ ।

म एउटा गायिका भएर, सामान्य खालको जिवनयापन गरिरहेकी ब्यक्ति हुँ । मेरो छोरा पाल्नु छैन । छोरी पाल्नु पनि छैन । यी सब हेर्नु परेको भएपनि आर्थिक समस्यामा पर्थे होला । मैले बिबाह पनि गरिनँ । मुलुकलाई सेवा गर्न र जनताको मुहार फेर्न पछिल्लो समय राजनीतिमा आए । एमाले चुनेँ ।

अहिले आएर माओवादी पनि मिसियो । कृष्णबहादुर महराजीलाई भेट्न गएको थिएँ केही पहिले । आफ्नो कुरा पनि राखेँ । उहाँले के कुरा भएको छ भनेर सोध्नुभयो । उहाँलाई मैले समानुपातिकमा भएपनि ठिकै छ । कलाकार मान्छे लड्न र भिड्न पनि सक्दिनँ भनेर भनेको कुरा सुनाएँ ।

मेरो दाङको एक नजिकको मानिससँग महराजीले दीपक गिरीसँग लड्न गाहे छ ,सबै डराएका छन् भन्नु भएको थियो रे । त्यहीँ भएर मेरो नाम पहिले सिफारिस गरिएको भनेका थिए रे । अहिले आएर चेन्ज भयो । म दाङ आएको आज दुई साता वित्यो । पार्टीले भनेपछि मैले समानुपातिकको फर्म पनि भरेर काठमाडौंबाट हिडेकी थिएँ । मेरो नागरिकता, अरु परिचय पत्र सबै काठमाडौ छोडेर आएकी हुँ ।

३१ गते दाङ आएकी म गाउँ–गाउँ पुगेर दिदी बहिनी भेट्दै, आफन्त भेट्दै समस्या सोध्ने, सल्लाह लिने गरिरहेकी छु । गाउँका दिदी बहिनीले सोध्दा समानुपातिकमा भनेको छु । जे पनि हुनसक्छ रेडी भएर बस्नु भनेर नेताहरुले भनेको सुनाएकी थिएँ । म जेमा भएपनि तपाईंहरुले सुर्यमै भोट हाल्नुपर्छ भन्दै बुझाउदै आएकी छु ।

हिजो उमेद्वारी दिने दिन । अस्ती साँझ ४ बजे मलाई एक पत्रकारले फोन गरेर कोमलजी तपाईंको प्रत्यक्ष र समानुपातिक दुबैमा नाम छैन भन्नुभयो । मैले तत्कालै शंकर पोखरेलजीलाई फोन गरेँ । फाने उठेन । धेरै पटक गरेपछि उहाँले उठाउनुभयो । फोनबाट उहाँले कोमलजी मैले सकिनँ, अब तपाईले आफुले के गर्नुपर्ने हो, सोच्नुस् भन्नुभयो ।

यो कुराले मैले बुझेँे, अव मलाई धोका भयो ।

मेरो बुझाइमा नेता भनेको आममानिस भन्दा उत्कृष्ट मानिस हो । हामी भन्दा धेरै बुद्धि भएको मानिस हो । हामी भन्दा राम्रो सोच्ने, हामी भन्दा धेरै निणर्य गर्न सक्ने, राम्रो निणर्य गर्न सक्ने मानिस हुन् । त्यसैले उनीहरुलाई नै राजनीतिक नेता भनिएको हो ।

नेताले आफ्नो कर्तब्य निभाउनु पर्ने हो । बोलीको राज राख्नु पर्ने हो । त्यो उहाँहरुले जानुन्् । मेरो हकमा धोका भएकै हो ।

हिजोआज केही अनलाइनमा मैले ऐमाले हराउनुपर्छ भनेको समाचार पनि आइरहेको छ । त्यो भने गलत हो । मैले अहिलेसम्म यस बिषयमा आधिकारिक धारण राखेकी छैन । आजै तपाइसँग बोलेकी हुँ ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!