एजेन्सी, १७ कात्तिक । पानीको इनारमा डुबेको अवस्थामा ठूलो परिमाणमा सुन र चाँदीका गरगहनाहरु बरामद हुन थालेपछि स्थानीय बासिन्दा चकित परेका छन् । यहाँ ठूलो परिमाणमा गहना लुकाइएको थाहा पाएपछि प्रहरीले नै यहाँ खोजतलासी गरेको थियो ।

Advertisement

भारतको मुम्बइ सहरमा भएको डकैतीपछि प्रहरीले इनारहरुमा खोजतलास गरिरहेको थियो । २१ अक्टोबरका दिन मुम्बइमा चोरी भएको थियो । यही चोरीपछि चोरीका सामान लुकाइएको स्थानको खोजीका क्रममा यी गहना भेटिएका हुन् । मुम्बइको कुरार भिलेज क्षेत्रमा एक मोवाइल पसलमा चोरी भएको थियो ।

यो घटनामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले सोधपुछ गर्दा यी व्यक्तिहरुले आफूहरुले चोरीको सामान इनारमा लुकाउने गरेको बताएका थिए ।

प्रहरीले इनारको खोजी गरी त्यहाँको पानी निकालेर त्यहाँ खोजी गर्दा केही थौल भेट्टाएको थियो । ती थैलामा ठूलो परिमाणमा सुनचाँदीका गहना भेटिएको हो । ती आरोपीहरुविरुद्ध यसअघि पनि २ चोरीका मुद्दा दर्ता भएको बताइएको छ।”

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!