तनहुँ, १६ कात्तिक । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलविरुद्ध पूर्व गृहमन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट टिकट पाउनुपर्ने दावी गर्दै आएका थिए । तर, कांग्रेसले नेता पौडेललाई टिकट दिएपछि जोशीले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।
बिहीबार जोशी कांग्रेसको चारतारे झण्डासहित जुलुस लिएर उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यलय पुगेका थिए । जोशीको समर्थनमा भानु नगरपालिकाका मेयर समेत रहेका कांग्रेस क्षेत्रीय सभापति उदयराज गौली लगायतका कार्यकर्ता पनि जोशीको उम्मेदवारी दर्ता गर्न गएका थिए ।
यसैवीच जोशीले आफु नै कांग्रेसको आधिकारिक उम्मेदवार भएको प्रतिकृया दिएका छन् । उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिकृया दिदै उनले भने ‘ यो क्षेत्रका मतदाताले मलाई नै उठाए अव म नै आधिकारिक उम्मेदवार हुँ ।’-रातोपाटी