काठमाडौँ, १४ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधि सभाका लागि राष्ट्रिय जनता पाटी नेपाल र संघीय समाजबादी फोरमबीच टिकट बाँडफाँडबारे सहमति भएको छ ।

Advertisement

२ नम्बर प्रदेशका ८ जिल्लामा यी दुई दलबीच प्रदेश र प्रतिनिधि  सभाका लागि टिकट बाँडफाँड गरेका हुन् ।

सहमति अनुसार संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा १७ सिट र राजपा ले १५ सिट लिएका छन् । त्यसैगरी प्रदेशसभाका लागि फोरमले ३३ र राजपाले ३१ सिटमा भागबण्डा गरेका छन् ।

आफ्नो नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन कसरत थालेको काँग्रेसले मधेसवादी दलहरुसँग वार्ता गर्दै आएको थियो । तर, टिकट बाँडफाँडको विषयमा काँग्रेस र मधेसवादी दलबीच सहमति जुट्न नसकेपछि समाजवादी फोरम र राजपाले भिन्दै गठबन्धन तयार गरेका हुन् ।

दुई नम्बर प्रदेशमा मधेसवादी दलहरुको यो गठबन्धनपछि काँग्रेसमाथि थप दबाब परेको छ । यसअघि माओवादी केन्द्र र नेकपा एमालेले बाम गठबन्धन बनाएर उम्मेदवार अघि सारी सकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!