
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला १२ हजार दुई सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ४५ हजार चार सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा दुई सय २५ रुपैयाँ घटेर तीन हजार एक सय १० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 



















