संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका-७ भृकुटी चोकस्थित ‘नेपाल ट्रान्सपोर्ट’ बाट तस्करीको ५७ बोरा खाद्य सामग्री बरामद भएको छ । ट्रान्सपोर्टमा लोड गर्न तयारी गरिएको अवस्थामा सशस्त्र प्रहरीले खाद्य सामग्री बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले ३७ बोरा खोर्सानी, १० बोरा केराउ र १० बोरा चनाको दाल बरामद गरेको छ ।

Advertisement

भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याएको उक्त सामग्री ट्रान्सपोर्टमार्फत ओसार्नका लागि लोड गर्ने तयारी भइरहेका बेला बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद खाद्य सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने तयारी थालिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!