संगालोखबर

विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा आज बिहान दुई वटा हेलिकप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुई जना पाइलटसहित तीन जना घाइते भएका छन् ।

Advertisement

फेरुचेस्थित हेलिप्याडमा अवतरणका क्रममा बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनेस्टी एयरको हेलिकप्टर आपसमा ठोक्किएका हुन् । दुर्घटनामा भारतको तमिलनाडु राज्य, चेन्नई घर भएका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फिस्टेल हेलिकप्टरका पाइलट रविन्द्र प्रजापति, डाइनेस्टी हेलिकप्टरका पाइलट प्रजल केसी र न्युजिल्याण्डका ४९ वर्षीय सेलिशकुमार पटेल घाइते भएका छन् । घाइते पटेल र प्रजापतिलाई उपचारका लागि प्रभु एयरको हेलिकप्टरमार्फत ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको छ ।

डाइनेस्टी एयरका पाइलट केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!